ad ad

राजनीति


भीम रावलसहित एमालेका ९ नेतालाई बाबुराम भट्टराईको कडा प्रश्न

भीम रावलसहित एमालेका ९ नेतालाई बाबुराम भट्टराईको कडा प्रश्न

नेपालखबर
भदौ ४, २०७८ शुक्रबार १०:४१, काठमाडौँ

वर्षाैंदेखि माधवकुमार नेपाललाई साथ दिइरहेका नेकपा एमालेका जल्दाबल्दा केही नेताले अहिले उनले नयाँ पार्टी गठन गर्दा साथ नदिएपछि विभिन्न टिप्पणी भइरहेका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो समयदेखिको विवाद विसर्जन गर्दै वरिष्ठ नेता नेपालले बुधबार पार्टी विभाजन हुनेगरी नयाँ दल नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। 

तर यस क्रममा वर्षाैंदेखि उनको समूहमा रहेका नेताहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्त उनको पार्टीमा सहभागी भएका छैनन्। 

बरु बिहीबार संयुक्त विज्ञप्ति जारी उनीहरूले ओलीलाई माधव नेपालसहित १४ सांसदलाई गरिएको कारबाही फिर्ता लिन र नेता नेपाललाई नयाँ पार्टी दर्ताबाट पछि हट्न सुझाव दिएका छन्। 

यसै सन्दर्भमा पूर्वकम्युनिस्ट नेतासमेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले उनीहरूलाई कडा प्रश्न गरेका हुन्। 

‘एमालेका यी घागडान कणहरूसँग जिज्ञासा– संसारका कम्युनिस्ट पार्टीहरूकी हजुरआमा सोभियत कम्युनिस्ट पार्टीको पतन र विसर्जन पार्टी टुटफुट भएर भएको हो कि सिंगै पार्टी फतक्कै कुहिएर गर्ल्यामगुर्लुम भएको हो,’ पूर्वप्रधानमन्त्री डा. भट्टराईले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत सोधेका छन्, ‘अनि पूर्वी युरोपलगायतका क. पा (कम्युनिस्ट पार्टी) हरू फुटेर हो कि सिंगै ढलेका हुन्? टाउकाको ओखती नाइटामा!’

डा. भट्टराईको दल जसपा वर्तमान गठबन्धन सरकारमा आबद्ध छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .