नेकपा एमालेका उपाध्यक्ष भीम रावलले हिजोका दिनमा अध्यादेश जारी गर्दा चर्काे विरोध गर्नेहरू आज आफैं त्यही बाटोमा हिँडेको भन्दै कटाक्ष गरेका छन्।
देउवा नेतृ्त्वको सरकारले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई दल फुटाउन सहज हुनेगरी अध्यादेश ल्याएको दिन मंगलबार राति सामाजिक सञ्जालमार्फत नेता रावलले विरोध जनाएका हुन्।
‘दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षाविपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो,’ नेता रावलले मंगलबार राति सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन? २०५४ सालमा एमाले फुटाउदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन?’
177
Shares

प्रतिक्रिया