ग्लोबल


तालिबानसँग वार्ता गर्न इस्लामिक नेता गुल्बुद्दिन दोहा जाने

तालिबानसँग वार्ता गर्न इस्लामिक नेता गुल्बुद्दिन दोहा जाने

नेपालखबर
भदौ १, २०७८ मंगलबार २२:७, काठमाडौँ

अफगानिस्तानको सत्ता हस्तान्तरण प्रक्रियालाई शान्तिपूर्ण बनाउनका लागि गठन भएको समन्वयात्मक परिषदका सदस्यहरु तालिबानका नेतासँगको छलफलका लागि दोहा जाने भएका छन्।

परिषदका सदस्य इस्लामिक पार्टीका नेता गुल्बुद्दिन हेक्मात्यारले मंगलबार आफूहरु दोहा जान लागेको अल जजिराले जनाएको छ ।

राष्ट्रपति अशरफ गनी देश छाडेर गएपछि पूर्व राष्ट्रपति हामिद कारजाईको अगुवाईमा तालिबानसँगको शान्ति वार्ताको नेतृत्व गरेको राजनीतिज्ञ अब्दुल्लाह अब्दुल्लाह र गुल्बुद्दिन हेक्मात्यार रहेको परिषद गठन भएको हो। 

राष्ट्रपति गनीले देश छोडेर ठूलो खाडल सिर्जना गरेको कारजाइले बताए। राष्ट्रपति गनीले देश छोडेको थाहा पाउनेबित्तिकै आफूले पूर्व नेताहरुसँग छलफल गरेर अव्यवस्था आउन नदिन चाल्न सकिने कदमबारे  कुरा गरिएको उनले उल्लेख गरे। 

आइतबार तालिबानले अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरेको थियो। अफगानिस्तानमा २० वर्षपछि तालिबान समूहको सत्तामा फर्किँदै छ। 

अमेरिकाले आफ्ना सैनिक पूर्ण रुपमा फिर्ता लैजाने निर्णय गरि सो अनुसार प्रक्रिया थालेको डेढ महिना भित्रै तालिबानले अफगान देशमा आफ्नो नियन्त्रण कायम गरेको हो।

आइतबार बेलुका तालिबान लडाकु राष्ट्रपति कार्यालयमा गएका थिए। तालिबानले नागरिकको ज्यानमा जोखिम नरहेको बताए पनि त्रास अत्यधिक मात्रामा बढेको छ।

विशेषगरि महिलाको अधिकारका क्षेत्रमा भएको प्रगति पुनः कमजोर बन्ने भन्दै चासो र चिन्ता व्यक्त गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad