द्वन्द्व चर्किएको छिमेकी देश अफगानिस्तानसँगको सीमा पाकिस्तानले पूरै सिल गरेको छ।
सीएनएनका अनुसार पाकिस्तानी अधिकारीले पाकिस्तानको खाइबर पख्तुनख्वा प्रान्तस्थित तोर्खाम सीमा पूरै सिल गरेका हुन्।
पाकिस्तानी अधिकारीहरुका अनुसार अफगान बोर्डर ट्रान्जिट र प्रशासनिक कार्यालय सबै तालिबानको कब्जामा पुगेको छ।
पाकिस्तानी अधिकारीले अफगानी तालिबानसँग सम्पर्कको प्रयास पनि गरिरहेको जनाएका छन्।
तोर्खाम बोर्डर दुई देशको व्यस्त सीमा नाका हो।
108
Shares

प्रतिक्रिया