राजनीति


लुम्बिनीमा हिउँदे अधिवेशन आह्वान, मुख्यमन्त्री केसी विश्वासको मत लिने तयारीमा

लुम्बिनीमा हिउँदे अधिवेशन आह्वान, मुख्यमन्त्री केसी विश्वासको मत लिने तयारीमा

नेपालखबर
साउन ३१, २०७८ आइतबार ८:४१, काठमाडौँ

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरिएको छ। भदौ १ गते दिउँसो १ बजे बस्नेगरी प्रदेश सभाको ९ औं अधिवेशन आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

नव नियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले अधिवेशनको पहिलै दिन नै प्रदेश सभाबाट विश्वासको मत लिने तयराी गरेको स्रोतले जनाएको छ। केसी २८ साउनमा मुख्यन्त्री नियुक्त भएका थिए। नव नियुक्त मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।

प्रदेश प्रमुख अमिक शेरचनले गएको शुक्रबारमात्रै  प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गरेका थिए। 

प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जारी गरेको सूचनामा प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad