राजनीति


एमाले विदेश विभाग प्रमुखको प्रश्नः अफगानिस्तानमा रहेका नेपाली फर्काउन अझै किन पहल नगरेको!

एमाले विदेश विभाग प्रमुखको प्रश्नः अफगानिस्तानमा रहेका नेपाली फर्काउन अझै किन पहल नगरेको!

एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराई


नेपालखबर
साउन ३१, २०७८ आइतबार ८:४०, काठमाडौँ

तालिबानी हमलाका कारण धैरै दिनदेखि हिंसाग्रस्त अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन कुनै पहल नगरेको भन्दै प्रतिपक्षी दल नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले सरकारको आलोचना गरेका छन्।  

अन्य मुलुकले अफगनानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन थालिसक्दा पनि नेपाल सरकार भने अहिलेसम्म पहल पनि नगरेर गैरजिम्मेवार बनेको डा. भट्टराईको टिप्पणी छ। 

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला परराष्ट्र मामिला सल्लाहकारसमेत रहेका डा. भट्टराईले आइतबार बिहान भनेका छन्, ‘संसदमा विपक्षीका तर्फबाट विषय उठाइएको पनि धेरै दिन भइसक्यो। तर पनि सरकार अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन कुनै पहल गरिराखेको छैन।’

उनले अगाडि आक्रोश पोखेका छन्, ‘लोकतन्त्रमा सरकार यति गैरजिम्मेदार र अनुत्तरदायी हुन मिल्छ? कि परमादेशबाट आएकालाई मिल्छ?’

–​अफगानिस्तानमा कति छन् नेपाली?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .