नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलमा भीडभाड कम गर्न विमास्थल हाताभित्र विदाइ कार्यक्रम नगर्न भनेको छ।
कोरोना संक्रमणको नया भेरियन्टसहितको दोस्रो लहर बढिरहेकोले विदाइ कार्यक्रम निरुत्साहित गर्न अत्यावश्यक अवस्थाभन्दा बाहेक विमानस्थल प्रवेश नगर्न भनेको हो।
विमानस्थलमा आवतजावत गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न भनेको हो।
शरीरको तापक्रम मापन गराएर टर्मिनल भवन भित्र प्रवेश गर्न, सेनिटाइजरको प्रयोग गर्न लाइन लाग्दा दूरी काम गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललले बताएको छ।
21
Shares

प्रतिक्रिया