राजनीति


‘संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम’ आज सार्वजनिक गरिँदै

‘संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम’ आज सार्वजनिक गरिँदै

नेपालखबर
साउन २४, २०७८ आइतबार ८:२९, काठमाडौँ

कांग्रेस नेतृत्वको गठबन्धन सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ। 

आइतबार दिउँसो चार बजे सिंहदरबारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको उपस्थितिमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो।

सत्तारुढ गठबन्धनले गठन गरेको सात सदस्यीय कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि दुई दिनअघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको थियो।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले दुई साता लगाएर साझा कार्यक्रम र कार्यविधि तयार गरेको थियो। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आइतबार प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो।

‘संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम’ नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकता समावेश गरिएको छ।

यस्तो छ, ‘संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम’ (पूर्ण पाठ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad