काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर नतिर्ने ५२ करदाताको सूची सार्वजनिक गरेको छ।
घरजग्गा/सम्पत्ति कर बुझाउन बाँकीलाई अबको ३० दिनभित्र बुझाउन आग्रह गर्दै महानगरपालिकाले आज (आइतबार) सूचना प्रकशन गरेको हो।
‘विगत समयदेखि सम्बन्धित वडा कार्यालयबाट पटकपटक पत्राचार गर्दासमेत कर तिर्न अटेर गरी बुझाउन नआई लामो समयदेखि कर बक्यौता कायम रहेको हुँदा यस सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र काठमाडौं महानगरपालिकाको राजस्व विभाग वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी आफ्नो सम्पत्तिको विवरण सहित बुझाउन बाँकी कर (जरिवाना समेत) दाखिला गर्नुहोला,’ सूचनामा भनिएको छ, ‘अन्यथा महानगरपालिकाको राजस्व ऐनको दफा १२ बमोजिम कर दाताहरूको सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कार्य गरी तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गर्न कानुनी प्रक्रिया अगाडि बढाउने व्यहोरा समेत यसै सूचनाद्वारा सम्बन्धित सबै करदाताहरूमा जानकारी गराइन्छ।’
हेर्नुहोस्, सूचना र सूची–

Shares

प्रतिक्रिया