राजनीति


चाक्सीबारीमा पौडेल पक्षको बैठक, विशेष महाधिवेशनसहितका एजेण्डामा छलफल

चाक्सीबारीमा पौडेल पक्षको बैठक, विशेष महाधिवेशनसहितका एजेण्डामा छलफल

नेपालखबर
साउन २१, २०७८ बिहिबार १३:१७, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक अहिले पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसिरहेको छ। बैठक मध्याह्न १२ बजेदेखि जारी रहेको चाक्सीबारी स्रोतले जनाएको छ। 

यो बैठकमा महाधिवेशनका लागि संकलित क्रियाशील सदस्यता विवाद, विशेष महाधिवेशन प्रस्तावसहितका विषयमा छलफल भइरहेको छ। यो बैठकमा कांग्रेसको महाधिवेशनलाई लिएर अरु वैकल्पिक प्रस्तावमाथि पनि छलफल भइरहेको एकजना नेताले बताएका छन्।

चाक्सीबारी बैठकमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिंह, महामन्त्री डा.शशांक कोइराला, नेताहरू डा. मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी र बलबहादुर केसी पनि सहभागी रहेका छन्। 

यसअघि बुधबार बसेको कांग्रेसको बैठकमा पौडेलले विशेष महाधिवेशन प्रस्ताव गरेका थिए। तर सभापति देउवाले त्यसलाई अस्वीकार गर्दै भदौमै पार्टी महाधिवेशन जसरी पनि गरिछाड्ने अडान लिएका थिए। 

देउवा पक्ष आफ्नो अडानबाट पछि नहटेको अवस्थामा पौडेल समूहले आफ्नो रणनीति बनाउन थालेको हो। यसअघि मंगलबार पनि चाक्सीबारीमै बसेर पौडेल पक्षले महाधिवेशन केन्द्रित छलफल गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad