राजनीति


अन्य देशको सम्मान गर्न नआउने अमेरिकालाई हामी पाठ सिकाउँछौंः चीन

अन्य देशको सम्मान गर्न नआउने अमेरिकालाई हामी पाठ सिकाउँछौंः चीन

चिनियाँ विदेशमन्त्री यी र अमेरिकी राज्य विभागका प्रवक्ता प्राइस


नेपालखबर
साउन १०, २०७८ आइतबार १५:९,

अमेरिकालाई अन्य देशको सम्मान गर्न नआउने चीनले आरोप लगाएको छ। 

पाकिस्तानी विदेशमन्त्री शाह मोहमुद कुरेसीसँगको तेस्रो रणनीतिक वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकालाई दोस्रो राष्ट्रको कसरी सम्मान गर्नुपर्छ भन्ने थाहा नभएको बताएका हुन्।

दक्षिण पश्चिमी चीनको सिचुवान प्रान्तको सेंग्दुमा आयोजना भएको वार्तामा यीले विश्व समुदायसँग मिलेर चीनले अमेरिकालाई समान व्यवहारको पाठ सिकाउने पनि उल्लेख गरे।

उनले अमेरिकाले सँधै आफूलाई शक्तिशाली ठानेको र अन्य कमजोर रहेको सोच्ने गरेको पनि बताए। अमेरिकाको आफैंलाई सर्वश्रेष्ठ ठान्ने व्यवहार चीनले स्वीकार नगर्ने यीको भनाइ छ।

हालै अमेरिकी राज्य विभागका प्रवक्ता नेड प्राइसले चीनसँगको छलफलका क्रममा अमेरिकाले दबाबको रणनीति लिएको र सकेसम्म शक्तिको स्थितीमा उभिने बताएका थिए। 

आइतबारदेखि अमेरिकी उप विदेशमन्त्री वेन्डी सर्मन दुईदिने चीन भ्रमणमा छन्। भ्रमण अगाडि अमेरिकाले चीनविरद्ध कडा नीति लिने भनाइ सार्वजनिक गरेपछि यीले अमेरिकाले समानताको व्यवहार आत्मसात गर्नुपर्ने बताएका हुन्। सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad