दुई पटक संसद विघटन गरेर प्रतिगमन गरेको आरोप अन्य दलहरुले लगाइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिले प्रतिगमनको गम्भीर संकटमा परेको बताएका छन्। अखिल नेपाल महिला संघको कार्यक्रमलाई आइतवार भर्चुअल सम्बोधनका क्रममा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालहरु पनि प्रतिगामी बाटोमा लागेको आरोप लगाए।
ओलीले देश प्रतिगमनमा गइसकेकाले पार्टी विरोधी गतिविधि रोक्न नेपाल पक्षलाई आग्रह गरे। 'प्रतिक्रियावादीहरुले पार्टी फुटाउन सफल भए, आफ्नै सरकार ढाल्न सफल भए। प्रतिगमन गराउन सफल भए', ओलीले भने, 'देश धेरै अफ्ठ्यारो स्थितिमा गइसकेको छ। यो प्रतिगमन सच्चिन निकै गाह्रो छ। देश गम्भीर प्रतिगमनमा गइसकेको छ। साथीहरु पार्टीको पक्षमा उभिनुस्। पार्टी विरोधी षड्यन्त्रको चक्रव्यूहबाट बाहिर निस्किनुस्।'
333
Shares

प्रतिक्रिया