ad ad

राजनीति


बीपीले देखाएको बाटोमा हिँड्न सके मात्रै उनीप्रति सच्चा सम्मानः प्रकाशनमान सिंह

बीपीले देखाएको बाटोमा हिँड्न सके मात्रै उनीप्रति सच्चा सम्मानः प्रकाशनमान सिंह

नेपालखबर
साउन ६, २०७८ बुधबार ११:२४,

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेता बीपी कोइरालाले देखाएको बाटोमा हिँड्न सके मात्रै उनीप्रति सच्चा सम्मान हुने बताएका छन्। 

बीपी स्मृति दिवसका अवसरमा बुधबार विज्ञप्ति जारी गर्दै उनले बीपीले देखाएको देश र जनतालाई सर्वोपरी ठान्ने, संविधानवाद र प्रजातन्त्रको बाटोमा हिँड्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने कुरा कांग्रेसले आत्मसात् गर्नुपर्ने बताएका हुन्।

नेता सिंहले नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउन बीपीले गरेको योगदान स्मरणीय रहने उल्लेख गरेका छन्। 

‘आफूलाई संकटमा पारेर पनि देश, जनता र प्रजातन्त्रप्रति उहाँको दृढ संकल्पको जति प्रशंसा गरे पनि कम हुन जान्छ,’ उनले भनेका छन्। 

उनले मुस्लिम धर्मावलम्बीहरूलाई बकर इदका अवसरमा शुभकामनासमेत व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .