राजनीति


जसपा : उपेन्द्र यादवलाई बहुमत, यी हुन् दल बैठकमा उपस्थित १९ सांसद

जसपा : उपेन्द्र यादवलाई बहुमत, यी हुन् दल बैठकमा उपस्थित १९ सांसद

नेपालखबर
साउन ३, २०७८ आइतबार १६:३,

प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिन जनता समाजवादी पार्टी नेपालका १७ सांसद तयार भएका छन्। प्रथम अध्यक्ष महन्थ ठाकुर पक्षका ७ सांसद तानेपछि उपेन्द्र यादव पक्षका १७ सांसद देउवालाई विश्वासको मत दिन तयार भएका हुन्। ठाकुरलाई छाडेका सातमध्ये दुईजना राष्ट्रियसभा सदस्य हुन्।

शेरबहादुर देउवालाई मत दिने तयार भएर ठाकुर पक्षका ५ जना प्रतिनिधिसभा सदस्य आएका छन्।  यादव पक्षको दलको बैठकमा हस्ताक्षर गर्नेमा मृगेन्द्रकुमार सिंह र प्रमिला यादव राष्ट्रिय सभा सदस्य हुन्। उनीहरुले  मतदान गर्न पाउँदैनन्।

जसपा सांसद प्रदीप यादवका अनुसार पार्टी कार्यालय बालकुमारीमा जेष्ठ सदस्य महेन्द्र राय यादवको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रियसभाका दुईसहित १९ सांसद उपस्थित भएका हुन्। ठाकुर समूहका सात सांसद पनि आएपछि जसपामा एक महिनाबीचमै दृश्य फेरिएको छ।

एक महिना अघिसम्म जसपा ठाकुर पक्षसँग २० सांसद थिए। तर एक महिनाबीचमा एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएसँगै ठाकुर पक्ष छाडेर सांसदहरु यादव पक्षमा आएका हुन्। यसरी आफ्नो पक्षमा आएका सांसदहरुलाई यादवले मन्त्री बनाउने पनि तयारी गरेका छन्। 

ठाकुर समूहबाट यादव पक्षको दल बैठकमा हिजो रुही नाज, अमृता अग्रहरि, प्रमोद साह र रानी मण्डल सहभागी भएका थिए। आज पनि बसेको बैठकमा ठाकुर समूहबाट नरमाया ढकाल, रेनुका गुरुङ र चन्द्रकान्त चौधरी पनि सहभागी भए। यससँगै ठाकुर समूहका सात सांसदले यादवतर्फ लाग्ने निर्णय लिएका हुन्। 

आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पनि निर्णय गरेको सांसद यादवले जानकारी दिएका छन्। विश्वासको मत दिएसँगै यादव समूह सरकारमा जाने भएको छ। सरकारमा जानका लागि उपेन्द्र यादवलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको छ। 

यी हुन् १९ सांसद

  • महेन्द्र राय यादव
  • डा. बाबुराम भट्टराई
  • उपेन्द्र यादव 
  • राजेन्द्रकुमार श्रेष्ठ
  • रेणुकुमारी यादव
  • मृगेन्द्रकुमार सिंह- राष्ट्रियसभा सदस्य
  • अमृता अग्रहरि
  • रामसहाय प्रसाद यादव
  • मोहम्मद इस्तियाक राई
  • प्रदीपकुमार यादव
  • रामबाबुकुमार यादव
  • प्रमिला यादव-राष्ट्रियसभा सदस्य
  • सुरेन्द्र यादव
  • डा. सूर्यनारायण यादव
  • लीलादेवी सिटौला
  • नरमाया ढकाल
  • रानी मण्डल
  • रेनुका गुरुङ
  • प्रमोद साह

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .