ad ad

प्रविधि


एप्पललाई उछिन्दै शाओमी विश्व स्मार्टफोन बजारमा दोस्रो स्थानमा

एप्पललाई उछिन्दै शाओमी विश्व स्मार्टफोन बजारमा दोस्रो स्थानमा

नेपालखबर
साउन ३, २०७८ आइतबार १५:५१,

ग्लोबल मार्केट रिसर्च फार्म क्यानालिसले आफ्नो दोस्रो त्रैमासिकको ग्लोबल स्मार्टफोन मार्केटको रिपोर्ट सार्वजनिक गरेको छ।

रिपोर्टअनुसार शओमीले १७ प्रतिशत बजार हिस्सा ओगट्दै एप्पललाई पछि पारेको छ। 

शाओमी ८३ प्रतिशत वार्षिक वृद्धिका साथ सामसङसँगको दूरी छोट्याउन सफल भएको हो। 

शाओमीका संस्थापक, अध्यक्ष र मुख्य कार्यकारी अधिकृत लेई जुनले सबै कर्मचारीहरूलाई यसबारे पत्र लेख्दै विश्वको दोस्रो स्थानमा पर्न सफल हुनु कम्पनीको इतिहासको महत्वपूर्ण कोशेढुंगा भएको बताए। 

२०२० को चौथो त्रैमासिकमा शाओमीको ग्लोबल शिपमेन्टमा वार्षिक ३१.५ प्रतिशत वृद्धि गर्न सफल भएको बताइएको छ। 

शाओमीले पहिलोपटक एप्पललाई उछिन्दै तेस्रो स्थानमा पुगेर ४३.४ मिलियन युनिट पुगेको थियो। 

सन् २०२१ को प्रथम त्रैमासिकमा १५ प्रतिशतको ग्लोबल स्मार्टफोनको मार्केट सेयरको साथ एप्पल दोस्रो स्थानमा उक्लियो जसलाई शाओमीले आफ्नो मार्केट सेयरको १४ प्रतिशतका साथ पछ्याएको थियो। 

शाओमीको ग्लोबल स्मार्टफोन सिपमेन्ट ६९.१ प्रतिशत वार्षिक वृद्धिका साथ ४९.४ मिलियन युनिटको थियो।

शाओमीले आफ्नो पहिलो प्रिमियम फ्लगशिप मी १० सिरिजको सुरू गरेदेखि यो इमेजिङ, डिस्प्ले, चार्जिङ, स्मार्ट म्यानुफ्याक्चरिङ र अधिकजस्ता महत्वपूर्ण क्षेत्रमा लगातार इनोभेटिभ हुँदै आएको छ। 

शाओमीले बजारमा नयाँ नयाँ प्रविधि ल्याइरहेको छ। क्यामेरा प्रविधिमा कम्पनीले १०८–मेगापिक्सेल क्यामेरा, जीएन २ क्यामेरा सेन्सर र एक इनोभेटिभ लिक्विड लेन्सको प्रस्तुत गरेको छ। 

शाओमीले आफ्नो पहिलो प्रीमियम फ्लगशिप मी १० सिरिज सुरू गरेदेखि यो इमेजिंग, डिस्प्ले, चार्जिंग, स्मार्ट म्यानुफ्याक्चरिंग र अधिक जस्ता महत्वपूर्ण क्षेत्रमा लगातार नयाँ हुँदै आएको छ। 

शाओमीले ब्याट्री चार्जिंगमा पनि पहिलो पटक २०० वाटको वायर्ड चार्जिंग र १२० वाटको वायरलेस चार्जिंगका साथ नेतृत्व गरिरहेको दाबी गरेको छ। 

थप रूपमा, यसले पहिलो पटक ग्राफिन–आधारित लिथियम–आयन ब्याट्री र दोस्रो–जेनेरेशनको सिलिकन अक्सिजन ब्याट्रीहरू भित्राएको हो । शाओमी मोबाइल फोन सिरामिकमा पनि अग्रणी छ जसले इन्डस्ट्रिि एक्स्प्लोरेसनलाई अग्रणी बनाएको छ ।

त्यस्तै शाओमीको स्मार्ट फ्याट्करीको पहिलो चरणले काम सुरु गरेको छ ।  यसको उत्पादन लाइनहरू अटोमेटेड छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .