ad ad

राजनीति


ओली सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेज

ओली सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेज

नेपालखबर
साउन ३, २०७८ आइतबार १५:१७,

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन्।

सरकारको सिफारिसमा उनले आइतबार अध्यादेश खारेज गरेकी हुन्। 

नवगठित शेरबहादुर देउवा सरकारले शनिबार उक्त अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

केपी ओली सरकारले गत मंसिरमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको थियो।

पछि २१ वैशाखमा पुन: राष्ट्रपतिबाट साे अध्यादेश जारी गरिएकाे थियाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .