एथ्लेटिक्स प्रशिक्षक इन्द्र कुमारी मल्लको ठाउँमा सन्तोष श्रेष्ठ टोकियो ओलम्पिकमा सहभागी हुने भएका छन्।
मल्ललाई कोभिड १९ को संक्रमण देखिएपछि उनको ठाउँमा श्रेष्ठ टोकियो जाने नेपाल ओलम्पिक कमिटी (एनओसी)ले जनाएको छ।
ओलम्पिकको तयारीको सिलसिलामा कोभिड १९ को पीसीआर परीक्षण गर्दा मल्लको पोजेटिभ रिपोर्ट आएको एनओसीले जनाएको छ।
मल्लको ठाउँमा लङ लिस्टमा रहेका अर्का प्रशिक्षक श्रेष्ठलाई सहभागी गराउने सम्बन्धित निकायबीच सहमती भएको एनओसीले जनाएको छ।
सन्तोष श्रेष्ठले ओलम्पिककै तयारीमा रहेका गोपीचन्द्र पार्कीलाई प्रशिक्षण गराउँदै आएका थिए।
27
Shares
प्रतिक्रिया