राजनीति


८ राजदूत सिफारिस गर्ने ओली सरकारकाे निर्णय रद्द

८ राजदूत सिफारिस गर्ने ओली सरकारकाे निर्णय रद्द

नेपालखबर
साउन ३, २०७८ आइतबार १२:५३,

वर्तमान सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले राजदूतमा सिफारिस गरेका ८ देशका राजदूतको नाम फिर्ता लिएको छ। 

शुक्रबार बसेको मन्त्रिपरिषदले बैठकले परराष्ट्र सेवाभन्दा बाहिरबाट राजदूतमा सिफारिस ८ जनाको नाम फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। 

‘परराष्ट्र सेवाबाहेकका अन्य राजदूतमा सिफारिस गरिएकाहरुको नाम फिर्ता लिने निर्णय गरेका छौं,’ ती मन्त्रीले भने। 

नाम फिर्ता हुनेमा रमेशचन्द्र पौडेल (श्रीलंका), कृष्णचन्द्र शर्मा (दक्षिण कोरिया), सुम्निमा तुलाधर (अस्ट्रेलिया), जंगबहादुर (जंगब) चौहान (रुस), नारायणप्रसाद संग्रौला (म्यान्मार), कुलप्रसाद नेपाल (ब्राजिल), सुमित्रा सुवेदी (डेनमार्क)  र मेराज मुसलमान (साउदी अरेबिया) छन्।

प्रतिनिधि सभा विघटन भएका कारण संसदीय सुनुवाइ हुन नसकेपछि ३५ दिनपछि सरकारले सम्बन्धित देशमा एग्रिमोका लागि पठाएको थियो ।

वैशाख अन्तिम साता सरकारले ११ देशका राजदूतमा विभिन्न व्यक्ति नियुक्त गरेको थियो।

यसअघि शैक्षिक योग्यता परिमार्जन कार्यविधि नै परिवर्तन गरी बहराइनका लागि राजदूत सिफारिस पूर्वमन्त्री युवराज कार्कीको शैक्षित योग्यता नपुगेको भन्दै सर्वाेच्च अदालतले रद्द गरिदिएको थियो।

त्यस समयमा परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्ले (अस्ट्रिया) र जीवनप्रकाश श्रेष्ठ (इजिप्ट) राजदूत नियुक्त भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad