राजनीति


ओलीले बैठक नरोकेपछि माधव नेपाललाई भेट्न पुगे भीम रावलसहितका नेता

ओलीले बैठक नरोकेपछि माधव नेपाललाई भेट्न पुगे भीम रावलसहितका नेता

नेपालखबर
साउन १, २०७८ शुक्रबार १४:२३,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक रोक्न नमानेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु कोटेश्वर पुगेका छन्। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठनमा बसेको स्थायी कमिटी बैठक जेठ २ मा गठित कार्यदल विघटन गर्दै सकिएको छ।

माधव पक्षीय कार्यदल संयोजक भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य अहिले कोटेश्वरमा पुगेर छलफल गरिरहेका छन्। ओलीले बैठक नरोकेर कार्यदल पनि भंग गरेको अवस्थामा वरिष्ठ नेता नेपालसँग चार नेताले अहिले छलफल गरिरहेका छन्। 

उनीहरु एमाले स्थायी कमिटीको बैठकस्थलमा पुगेर आफ्ना कुरा राखेपछि बाहिरिएका थिए। बैठकस्थलमा पुगेर नेता रावलले पार्टीको विवाद मिलाउनका लागि बैठक रोक्न आग्रह गरेका थिए। तर कार्यसूची तय भइसकेकाले बैठक रोक्न नसकिने जवाफ अध्यक्ष केपी शर्मा ओलीले दिएपछि उनीहरु त्यहाँबाट बाहिरिएका थिए। 

ओली पक्षले सुवास नेम्बाङ नेतृत्वको कार्यदल विघटन गरिदिएपछि अब एमाले विवाद मिलाउने वार्ता अघि बढ्ने कुरामा पनि अन्योल देखिएको छ। यही अन्योलबीच रावलसहितका नेता नेता नेपालसँग छलफलका लागि कोटेश्वर छिरेका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad