प्रधानमन्त्री केपी शर्मा ओलीले हल्लाको पछाडि नलाग्न सबैमा आग्रह गरेका छन्।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीले पार्टीले दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सरकारको बचाउ गर्दै यस्तो बताएका हुन्।
उनले एकथरी मानिसहरु केही भएन भनेर आँखा चिम्लेर सरकारको आलोचना गरिरहेकको भन्दै आलोचकहरुलाई आँखा खोलेर हेर्न आग्रह गरे।
‘आँखा बन्द गरेर केही भएन भनेर आलोचना गरिएको छ’, उनले भने, ‘केही भएको छ कि छैन भनेर थाहा पाउन आँखा खोलेर हेर्न म आग्रह गर्छु।’
3
Shares

प्रतिक्रिया