राजनीति


आँखा खोलेर हेर्नुहोस्, हल्लाको पछाडि नलाग्नुहोस्ः प्रधानमन्त्री

आँखा खोलेर हेर्नुहोस्, हल्लाको पछाडि नलाग्नुहोस्ः प्रधानमन्त्री

नेपालखबर
असोज २९, २०७६ बुधबार ९:६,

प्रधानमन्त्री केपी शर्मा ओलीले हल्लाको पछाडि नलाग्न सबैमा आग्रह गरेका छन्।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीले पार्टीले दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सरकारको बचाउ गर्दै यस्तो बताएका हुन्।

उनले एकथरी मानिसहरु केही भएन भनेर आँखा चिम्लेर सरकारको आलोचना गरिरहेकको भन्दै आलोचकहरुलाई आँखा खोलेर हेर्न आग्रह गरे।

‘प्रधानमन्त्री ओलीले केही पनि भएन भन्नेहरुको आफ्नो स्वार्थ होला, तिनीहरुले आँखा चिम्लेर हेरेको हुनसक्छ, आँखा खोलेर हेर्दा जनताका लागि धेरै काम अगाडि बढेका छन्’, उनले भने।

जनताको पक्षमा भएका कामको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले थपे, ‘बृद्ध भत्ता बृद्धि, बिजुलीमा जनताको लगानी, पोखरा र भैरहवा विमानस्थल, द्रुत मार्गको निर्माण द्रुत, पेट्रोलियम पाइपलाइन शुरुआत, सयौँ पुल निर्माण, कोशीमा स्टिमर सञ्चालन, वैदेशिक लगानीमा वृद्धि, चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्यलगायत छन्।’

  उनले सरकारलाई बदनाग गराउने उदेश्यले एकथरी मानिसहरु केही नभएको भन्ने भ्रम फैलाउन योजनावद्ध रुपमा लागेको बताए।

 प्रधानमन्त्री ओलीली उपल्लो वर्गलाई परिर्वतनबारे ज्ञान नभएको भन्दै सर्वसाधरण र बुढाबुढीलाई त्यसबारे सोध्न आग्रह समेत गरे। ‘सभ्रान्त वर्गको घर, जागिर, गाडी सम्पत्ति छ, फरक नपरेको होला’, उनले भने, ‘बुढाबुढीहरुलाई गएर सोध्नुस् त जीवनमा फरक परेको छ कि छैन?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad