सञ्चारगृहको अगाडि गाडी तेर्स्याउने जोकोही भए पनि कारबाही गरिने सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्।
मन्त्रिपरिषद्को बैठकपछि मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता पोखरेलले कारबाही गरिने बताएका हुन्। यसमा यो वा त्यो पार्टी नहेरिने उनको भनाइ थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताले नै गाडी तेर्स्याएको भन्दै सञ्चारकर्मीले प्रश्न गरेपछि सरकारका प्रवक्ता पोखरेलले भने, ‘जुनसुकै पार्टी होस्, कारबाही हुन्छ।’
33
Shares

प्रतिक्रिया