ad ad

राजनीति


१० बुँदे सहमतिमा माधव नेपालको प्रतिक्रियाः अदालतलाई प्रभाव पार्ने निर्णय मञ्जुर छैन

१० बुँदे सहमतिमा माधव नेपालको प्रतिक्रियाः अदालतलाई प्रभाव पार्ने निर्णय मञ्जुर छैन

नेपालखबर
असार २७, २०७८ आइतबार २३:२०,

पार्टी एकताका लागि कार्यदलले १० बुँदे सहमतिको प्रस्तावमा हस्ताक्षर गरेपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रारम्भिक प्रतिक्रिया दिएका छन्।

उनले आफूनिकट नेताहरूसंगको कुराकानीमा अदालतलाई प्रभाव पार्ने कुनै पनि निर्णय मञ्जुर नभएको बताएका छन्।

‘कार्यदलमा सहमति जुटेपछि मैले माधव कमरेडलाई फोन गरेको थिएँ, उहाँले अदालतलाई प्रभावित पार्नेगरि हुने कुनै पनि निर्णय मान्य नहुने बताउनुभएको छ, बाँकी कुरा खुल्दै जाला’, नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने।

पार्टी एकताका लागि भन्दै एमालेको कार्यदलले आइतबार राती १० बुँदे सहमतिको प्रस्तावमा हस्ताक्षर गरेको छ।

जसमा पार्टी एकताका लागि नेपालले अघि सारेको ६ वटा बुँदाहरू पनि समावेश छन्।

कार्यदलका सदस्यबाहेक नेता नेपाल निकट अधिकांश सांसद प्रधाननमन्त्री ओलीलाई फेरि शक्तिशाली बनाउने गरि सहमति गर्न नहुने पक्षमा थिए।

नेता नेपालले कार्यदलले गरेको सहमतिबारे सोमबार विहान सदस्यहरूसंग छलफल गर्ने र त्यसपछि थप धारणा ल्याउने तयारी गरेका छन्। 

यो पनिः
एमाले कार्यदलमा १० बुँदे सहमति

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .