राजनीति


विपक्षीको विरोधपछि गण्डकी प्रदेश सभा स्थगित

विपक्षीको विरोधपछि गण्डकी प्रदेश सभा स्थगित

नेपालखबर
असार २७, २०७८ आइतबार १२:८,

भर्खरै सत्ताबाट बाहिरिएको नेकपा एमाले आक्रामक बन्दा गण्डकी प्रदेश सभा बैठक स्थगित भएको छ। 

कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीको रुपमा विश्वासको मत प्राप्त गरेपछि स्थगित भएपछि बजेटबारे छलफल गर्न आइतबार सुरु भएको बैठकमै विपक्षीहरु सत्ता पक्षप्रति आक्रामक बनेका हुन्। 

बैठकको सुरुमै प्रतिपक्षी दलका नेता तथा पूर्वमन्त्री रामशरण बस्नेतले नयाँ सरकारले  आफ्ना कार्यकर्ताहरुलाई विभिन्न योजनाको नाममा रकम बाँडेको आरोप लगाउँदै त्यसको सत्य तथ्य बाहिर नल्याएसम्म सदन चल्न नदिने जानकारी गराएका थिए। 

कृष्णचन्द्र नेपाली सरकारले आफ्ना कार्यकर्तालाई १६ करोडभन्दा बढी गैरबजेटरी रकम बाँडेर आर्थिक अनियमितता गरको विपक्षीको आरोप छ। 

विपक्षीको विरोधपछि सभामुख नेत्रनाथ अधिकारीले दिउसो १ बजेसम्मको लागि अधिवेशन स्थगित गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad