अल्टिेमट फाइटिङ च्याम्पियन्सिप यूएफसीमा पूर्व लाइटवेट च्याम्पियन कनर मकग्रेगर डस्टिन पोइररसँग दोस्रोपटक पराजित भएका छन्।
तर यो पराजय यसपटक मकग्रेगरको लागि बिर्सन लायक बन्यो। पहिलो राउन्डमै खुट्टा भाँचिएपछि मकग्रेगरलाई पोइररले नकआउट गरेका हुन्।
खेल शनिबार राति अमेरिका लास भेगसको टि–मोबाइल एरिनामा सम्पन्न भएको थियो।
![Watch UFC 264 FREE LIVE MMA/STREAMS [2021/07/10] Dustin Poirier vs Conor McGregor Full PPV Fight Online TV Channel | World Scouting](https://www.scout.org/sites/default/files/styles/770x/public/content_images/dfhgfjhgfhk.jpg?itok=PpHO8ccq)
सन् २०१४ मा मकग्रेगरले पोइररलाई नकआउट गर्दै उनीविरुद्धको खेल जितेका थिए। त्यसपछि यसैवर्षको जनवरी २४ मा रिम्याच भएको थियो। सो खेलमा भने अमेरिकी पोइररले मकग्रेगरलाई पराजित गरे।
यतिबेला उनीहरुबीच भएको तेस्रो खेलमा पनि पोइररले नै खेल जितेका हुन्। पहिलो राउन्डमै आइरिस मकग्रेगरको खुट्टा भाँचिएपछि उनका फ्यानहरुले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। सीएनएन

2.3k
Shares

प्रतिक्रिया