राजनीति


प्रतिनिधि सभा विघटन मुद्दाः निवेदकको जवाफी बहस पनि सकियो

प्रतिनिधि सभा विघटन मुद्दाः निवेदकको जवाफी बहस पनि सकियो

नेपालखबर
असार २१, २०७८ सोमबार १३:५१,

प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा विघटनको मुद्दामा रिट निवेदकको तर्फबाट जवाफी बहस पनि सकिएको छ। 

सोमबार टि ब्रेकपहिले उनीहरुको तर्फैबाट बहस सकिएको हो। 

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, हरिहर दाहाल, बद्रीबहादुर कार्की, शम्भु थापा र कृष्णप्रसाद भण्डारीले जवाफी बहस गरेका हुन्। 

जवाफी बहसका लागि उनीहरुलाई तीन घण्टा समय दिइएको थियो। 

चिया ब्रेकपछि एमिकस क्युरीको तर्फबाट राय राख्ने तयारी छ। 

एमिकसका चार जना वरिष्ठ अधिवक्ताहरुका लागि २ घण्टा समय तोकिएको छ। उनीहरुको रायसँगै सुनुवाइ सकिनेछ। 

सुनुवाइ सकिए पनि फैसला कहिले आउने भन्ने अझै निश्चित छैन। 

असार ९ गतेबाट सुनुवाइ सुरु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad