राजनीति


निर्धारित समयभित्र अमेरिकी सेनाले अफगानिस्तान छाड्नुपर्छ, नभए प्रतिक्रिया जनाउँछौँ: तालिबान

निर्धारित समयभित्र अमेरिकी सेनाले अफगानिस्तान छाड्नुपर्छ, नभए प्रतिक्रिया जनाउँछौँ: तालिबान

तालिबान


नेपालखबर
असार २१, २०७८ सोमबार १३:४८,

अफगानिस्तानको विद्रोही समूह तालिबानले अमेरिकासहित नेटोमा आवद्ध देशका सबै सेनाले निर्धारित समयभित्र अफगानिस्तानको भूमि छाड्नुपर्ने बताएको छ।

आगामी सेप्टेम्बर महिनापछि पनि अफगानिस्तानबाट नेटोका सेनाहरु अफगानिस्तानमै रहेको खण्डमा आफूहरु प्रतिक्रिया जनाउन बाध्य हुने तालिबानको भनाइ छ।

तालिबानले बीबीसीसँग भनेको छ,‘सेप्टेम्बरपछि पनि त्यहाँ नेटोका सैन्य फौजको उपस्थिती देखिए उनीहरुलाई ‘कब्जा गर्ने’ समूहहरूका रूपमा लिइनेछ।’

कूटनीतिक नियोग र काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ मूलतः अमेरिकी फौज सहित १,००० विदेशी सेना त्यहीँ बस्न सक्ने विवरणबीच तालिबानको पछिल्लो भनाइ सार्वजनिक भएको हो।

अफगानिस्तानमा नेटोको २० वर्ष लामो सैन्य मिसनको अन्त्य भएको छ।

अफगानी सुरक्षा निकायले एक्लै देशको सुरक्षाको जिम्मा लिने तयारी गर्दै गर्दा काबुलको भविष्यबारे चिन्ता बढिरहेको छ।

तालिबानले थप क्षेत्रमा पकड स्थापित गरेसँगै त्यहाँ हिंसा भने बढ्दो क्रममा छ।

तर तालिबानका प्रवक्ता सुहेल शाहीनले काबुलमा सैन्य कब्जा गर्नु ‘आफूहरूको नीति’ नरहेको बताएका छन्।

‘दोहा सम्झौताविरुद्ध उनीहरूले सेना कायमै राखे कसरी अघि बढ्ने भन्ने विषयबारे हाम्रो नेतृत्वले निर्णय लिने छ’ शाहीनले बीबीसीसँग भनेका छन्,‘हामीले प्रतिक्रिया जनाउने छौँ। अन्तिम निर्णय भने हाम्रो नेतृत्वसँगै रहने छ।’

तालिबानले हिंसा थप चर्काउने अनुमानबीच शाहीनले कूटनीतिज्ञ, गैर सरकारी संस्था र अन्य विदेशी सर्वसाधारणहरूलाई तालिबानले निशाना नबनाउने बताउँदै उनीहरूलाई दिइँदै आएको सुरक्षाको आवश्यकता नरहेको बताए।

‘हामी विदेशी सैन्य फौजको विरुद्धमा छौँ। कूटनीतिज्ञ, गैर सरकारी संस्था, कामदार र दूतावासहरू होइन। त्यो यस्तो कुरा हो जुन हाम्रा मानिसहरूलाई आवश्यक छ’ उनले भनेका छन्।

तालिबानसँग भएको सम्झौता अनुसार अमेरिका र उसका सैन्य गठबन्धनले आफ्ना सबै फौज फिर्ता लैजान सहमति जनाएका छन्।

त्यसका लागि तालिबानले अलकायदा वा अन्य कुनै पनि अतिवादी समूहलाई उनीहरूले नियन्त्रण गर्ने क्षेत्रबाट परिचालित हुन नदिने प्रतिबद्धता जनाएका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad