सहमतिको अन्तिम चरणमा पुगेको भनिए पनि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको संवादहीनताका कारण ठोस निचोडमा पुग्न नसकेका नेकपा एमालेका दोस्रो तहका नेताहरु संवादका लागि सहमति जारी राख्ने भन्दै उठेका छन्।
ललितपुरको होटेल समिटमा दिउँसो १ बजेदेखि वार्ता गरेका उनीहरुका बीचमा सहमति कस्तो हुने भन्ने टुंगो भने लागेको छैन।
यसअघि तीनबुँदे सहमतिको ड्राफ्ट तयार भएको भनिएता पनि शीर्ष नेताहरुको बेवास्ताका कारण दोस्रो तहका नेताहरुको पार्टी एकता प्रयास निर्णायक चरणमा प्रवेश गरेको छैन।
शनिबार पनि आफूहरुका बीचमा एकताका लागि संवाद जारी राख्ने समझदारी भएको स्थायी कमिटी सदस्य गोकर्ण विष्टले बता ।
‘हामीले संवादलाई निरन्तरता दिऊँ भनेका छौं’ विष्टले नेपालखबरसित भने,‘एकताका लागि निरन्तर संवाद गर्नुबाहेक अर्को विकल्प रहेन।’
बैठकमा नेपाल पक्षीय नेताहरुले शनिबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक रोक्न ओली पक्षका नेताहरुलाई आग्रह गरेका थिए।
उनीहरुले प्रधानमन्त्रीलाई त्यसबारे आग्रह गर्ने बताएर गएता पनि बालुवाटारमा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक भने जारी छ।
Shares
प्रतिक्रिया