फोटो


दर्शकको मुहारमा झल्केको एनपीएलको उतारचढाव (तस्बिरहरू)

दर्शकको मुहारमा झल्केको एनपीएलको उतारचढाव (तस्बिरहरू)

सरोज नेपाल
मंसिर ९, २०८२ मंगलबार २०:३९, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)का खेलमा देखिने उतारचढाव दर्शकको मुहारमा पनि झल्किने गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीचको खेलमा धेरै उतारचढाव देखिए। पहिले ब्याटिङ गरेको काठमाडौँको सुरुवात राम्रो रहेन भने पुछारका ब्याटरले बाउन्ड्री लगाए। 

त्यसपछि ब्याटिङ गरेको लुम्बिनीले आक्रामक सुरुवात गरेको थियो। तर, काठमाडौँका बलर हाबी भएपछि लगातार विकेट गुमाउँदै गयो।

खेल कहिले काठमाडौँको पक्षमा त कहिले लुम्बिनीको पक्षमा गइरह्यो। त्यस क्रममा दर्शकको अनुहारमा देखिएको भाव नेपालखबरले कैद गरेको छ। 

यो पनि पढ्नुहोस् : दुई हारपछि काठमाडौँको ‘कमब्याक’, लुम्बिनी फेरि पराजित

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad