बागमती


सिन्धुलीमा गाडी दुर्घटना, ४ जना घाइते

सिन्धुलीमा गाडी दुर्घटना, ४ जना घाइते

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार १८:३६, सिन्धुली

सिन्धुलीको कमलामाई नगरपालिका-१३ माथिल्लो रानीबासस्थित मदन भण्डारी राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन्। 

झापाबाट भिमानतर्फ जाँदै गरेको बा १८ च ९८८३ नम्बरको इसुजु डिम्याक्स (हाइलक्स) गाडी अनियन्त्रित भई सडकको दायाँ किनारमा रहेको बिजुली पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

गाडी चालक काठमाडौँ महानगरपालिका-९ निवासी ५४ वर्षीय ओम नारायण सिंह उपचाररत छन्। दुर्घटनापछि गाडी घटनास्थलमै रहनुका साथै अन्य सवार यात्रुहरूलाई जनसेवा अस्पताल बर्दिबासतर्फ पठाइएको प्रहरीले बताएको छ।

दुर्घटनामा घाइते भएकाहरूः
- काठमाडौँ महानगरपालिका-९ निवासी ५३ वर्षीया लक्ष्मी कार्की, टाउको र बाँया हातमा चोट, अवस्था सामान्य

-५६ वर्षीया रिना सिंह, घाँटी र बाँया हातमा चोट, अवस्था सामान्य
-४५ वर्षीया लक्ष्मी कटुवाल, कम्मरमा चोट, अवस्था सामान्य
- ४३ वर्षीया लक्ष्मी सिंह, घाँटीमा चोट, अवस्था मध्यम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad