फोटो


सुदूरपश्चिम र कर्णालीको खेलमा उत्साहित दर्शक (तस्बिरहरू)

सुदूरपश्चिम र कर्णालीको खेलमा उत्साहित दर्शक (तस्बिरहरू)

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


सरोज नेपाल
मंसिर ८, २०८२ सोमबार २०:१३, काठमाडौँ

सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीचको खेलमा सधैं झै सोमबार पनि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भरिभराउ रह्यो। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार भएका दुवै खेल औसत स्कोरका भए। पहिलो खेलमा विराटनगर किंग्सले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्टस् १२६ रनमै समेटियो। 

त्यस्तै, दोस्रो खेलमा पनि सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली ९४ रनमै समेटियो। 

दुवै कम स्कोरका खेलमा दर्शकको उत्साह भने अन्तिमसम्म कायमै रह्यो। दिउँसोको खेलमा प्यारापिटका सिट खाली देखिए पनि साँझको खेलमा भने खचाखच भरिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad