फोटो


तस्बिरमा हेनुहोस्, कसरी हुँदैछ मतदान केन्द्रमा तयारी

तस्बिरमा हेनुहोस्, कसरी हुँदैछ मतदान केन्द्रमा तयारी

नेपालखबर
मंसिर ३, २०७९ शनिबार १७:३, काठमाडौँ

भोलि (आइतबार) हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। 

निर्वाचनका लागि देशभरका मतदान केन्द्रहरू निर्माणको काम पनि सकिसकेको छ। निर्वाचनका लागि खटिएका कर्मचारी, सुरक्षाकर्मी, उम्मेदवार तथा मतदाताहरू आफ्नो आफ्नो निर्वाचन केन्द्रमा पुगिसकेका छन्। 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको बताए।

मंसिर ४ गते संघीय संसद र प्रदेशसभा गरी जम्मा ८२५ जना जनप्रतिनिधि छानिँदैछन्। जसअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० जनप्रतिनिधि चुनिँदै छन्। 

अर्कातिर मतदाताले प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जनप्रतिनिधि समानुपातिक निर्वाचन प्रणालीबाट छान्दैछन्।

राष्ट्रिय समाचार समितिले विभिन्न जिल्लाबाट संकलन गरेको मतदान केन्द्र तयारीका केही तस्बिरहरुः

मोरङको सुन्दरहरैँचा १० स्थित सुकुना माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदानस्थल निर्माण गर्दै कमदार । तस्बिर: मणिराम दाहाल/रासस

भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी गर्दै काठमाडौँ बसन्तपुरमा रहेको नव आर्दश माध्यामिक विद्यालय मतदान केन्द्रमा खटिएका कर्मचारी ।  तस्बिर : प्रदीपराज वन्त/रासस

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ४ बूढानीलकण्ठ नगरपालिका वडा नं ९ स्थित शान्तिबाटिका छात्रावास मतदान केन्द्रमा मतदान गर्न व्यवस्थापन गरिएको मतदानस्थल । तस्बिर : मेघनाथ पहाडी/रासस
]

ललितपुरको जावलाखेलस्थित मतदान केन्द्रमा खटिएका कर्मचारी भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र तयार गर्दै ।  तस्बिर : प्रदीपराज वन्त/रासस

भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी गर्दै काठमाडौँ बसन्तपुरमा रहेको नव आर्दश माध्यामिक विद्यालय मतदान केन्द्रमा खटिएका कर्मचारी ।  तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौँको बसन्तपुरमा रहेको नव आर्दश माध्यामिक विद्यालय मतदान केन्द्रमा खटिएका कर्मचारी भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि  मतदानस्थल निर्माण गर्दै ।  तस्बिर : प्रदीपराज वन्त/रासस

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि रसुवामा मतदान केन्द्र  निर्माण  गरिँदै ।  तस्बिरः ज्ञानेन्द्र न्यौपाने/रासस

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ५, घोकेचौरस्थित हिमालय माविमा मतदान गर्न व्यवस्थापन गरिएको  मतदानस्थल। तस्बिरः पेमा लामा/रासस

मङ्सिर ४  भालि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि व्यवस्थापन गरिएको बाँकेको खजुरा गाउँपालिका– ७ को (क) र (ख) मतदान केन्द्र  । तस्बिरः भेषराज बस्नेत/रासस

मङ्सिर ४ गते  भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मोरङ निर्वाचन क्षेत्र नं ४ अन्तर्गत विराटनगर–१ मा रहेको राधाकृष्ण माध्यमिक विद्यालय परिसरमा मतदान केन्द्र निर्माण गरिँदै  । तस्बिरः अनुज सापकोटा/रासस

प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि शनिबार भरतपुर महानगरपालिका वडा नम्बर ९, सरदपुर प्राविधिक विद्यालयको मतदान स्थलमा मतदान केन्द्रमा गरिएको तयारी । तस्बिरः नारायण अधिकारी/रासस

प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि शनिबार भरतपुर महानगरपालिका वडा नं १० मा रहेको भरतपुर माध्यामिक विद्यालयको मतदान स्थलमा मतदान केन्द्र निर्माण गर्दै कर्मचारी । तस्बिरः नारायण अधिकारी/रासस

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिका–८ स्थित राम आधारभुत विद्यालयमा मतदानस्थल निर्माण गरिँदै । तस्बिर : कृष्ण दवाडी/रासस

निर्वाचनका लागि रुपन्देहीको क्षेत्र नं ३ मा रहेको बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित  लुम्बिनी वाणिज्य क्याम्पसको प्राङ्घणमा शनिबार मतदान केन्द्रको व्यवस्थित गर्दै सुरक्षाकर्मी र कर्मचारी । तस्बिर : सुमित्रा अधिकारी/रासस

रुकुम पश्चिम मुसीकोट नगरपालिका–१३ मा रहेको महेन्द्र माध्यामिक विद्यालयमा मतदान केन्द्र निर्माण गर्दै केन्द्रमा खटिएका कर्मचारी । तस्बिर : परिचन्द्र खत्री/रासस

आसत्र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन– २०७९ को लागि मोरङ क्षेत्र नं ५ मा पर्ने विराटनगर–१३ स्थित बाल विकास विद्यालय रानीमा शनिबार बुथ निर्माण गरिँदै । तस्बिर : मनोज दाहाल/रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad