ad ad

बागमती


बसन्तपुरको मतदान स्थलः वृद्ध, अशक्त, अपाङ्मैत्री (तस्बिरहरू)

बसन्तपुरको मतदान स्थलः वृद्ध, अशक्त, अपाङ्मैत्री (तस्बिरहरू)

नेपालखबर
मंसिर ३, २०७९ शनिबार १७:२५, काठमाडौँ

मंसिर ४ गते आईतवार (भोलि) हुने मतदानको लागि बसन्तपुरको मतदान स्थल निर्माण कार्य सकिएको छ।

काठमाडौं क्षेत्र नम्बर ८ को १ अन्तर्गत वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा मतदानका लागि बनाइएको मतदान स्थ्लको कार्य सम्पन्न भएको हो।

काठमाडौं महानगरपालिका वडा नम्बर २३ को एउटा मात्रै मतदान स्थल रहेको वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा ५ वटा मतदान केन्द्रहरु निर्माण गरिएको मतदान अधिकृत चन्द्रबहादुर शिवाकोटीले बताए।

उनले काठमाडौं क्षेत्र नम्बर ८ को १ मा ४ हजार ६२३ जना मतदाताहरु रहेको बताए।

उनले सबै निर्वाचन सम्बन्धी काम सकेको बताउँदै मतदान स्थल वृद्ध, अशक्त, अपाङ्मैत्री बनाएको बताए।

‘मतदानका लागि रोगी, वृद्धवृद्धा, अशक्त र अपाङ्ता भएका नागरिकहरुको लागि छुट्टै व्यवस्था गरिएको बताए। ‘काठमाडौं महानगर वडा नम्बर २३ को एउटा मात्रै मतदान स्थल हो। ५ वटा मतदान केन्द्रहरु छन्। ४ हजार ६२३ जना मतदाताहरु हुनुहुन्छ,’ उनले भने, ‘सबै निर्वाचन सम्बन्धी काम सकेका छौँ। महिला, पुरुष, अन्य, वृद्ध, अशक्त, अपाङ्मैत्री मतदान स्थल बनाएका छौँ। उहाँहरुलाई अलग लाइनको व्यवस्था गरेर
हामीले काम सकेका छौँ। कर्मचारीलाई आफ्नो कार्य विभाजनसमेत गरिसकेका छौँ।’

वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा भोलिको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहीत र स्वतन्त्र बनाउन कर्मचारीमा कार्य विभाजन गरिसकिएको र सुरक्षाकर्मीहरुलाई पनि तैनाथ गरिएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .