आठौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ टिप टप हेल्प नेपाल र महिलातर्फ एभरेस्ट भलिबल क्लब बुटवल च्याम्पियन बनेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डमा शनिबार सम्पन्न फाइनल खेलमा आर्मीलाई हराउँदै टिप टप र नेपाल पुलिस क्लबलाई हराउँदै एभरेस्ट च्याम्पियन बनेका हुन्।
पुरुषतर्फ आर्मीले पहिलो सेट २५–२० ले जितेको थियो। निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट आर्मीले २५–२२७ ले गुमायो।
कुनै समय ६ अंकको अग्रता बनाएको आर्मीले हेल्प नेपालसँग अंक गुमायो।
दोस्रो सेट २२–२२, २३–२३, २४–२४, २५–२५ बनाउँदै हेल्प नेपालले लगातार २ अंक जोड्दै दोस्रो सेट २५–२७ ले जितेको हो।
त्यस्तै, महिलातर्फ, पहिलोपटक च्याम्पियन बन्ने क्रममा एभरेस्टले दुईपल्टको च्याम्पियन तथा साविक विजेता नेपाल पुलिस क्लबलाई ३–१ को सोझो सेटमा हरायो।
यससँगै एभरेस्टले समूह चरणमा भोगेको हारको बदलासमेत लिन सफल भएको छ। समूह चरणमा पुलिसले ३–२ को सेटमा जित निकालेको थियो।
पुरुषतर्फ टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिए।
पुरुष र महिलाको विजेता हेल्प नेपाल र एभरेस्टले समान ५ लाख रुपैयाँसँगै ट्रफी, मेड र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको आर्मी र पुलिसले समान २ लाख रुपैयाँसँगै ट्रफी, मेड र प्रमाणपत्र प्राप्त गर्यो । तेस्रो भएको पुलिस र एपिएफले समान १ लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ।
तस्बिरः
Shares
प्रतिक्रिया