फोटोफिचर


एसिया कप खेलेर फर्कियो नेपाली क्रिकेट टिम, विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू)


सरोज नेपाल
भदौ २०, २०८० बुधबार १४:४०, काठमाडौँ

नेपाली क्रिकेट टोली एसिया कप खेलेर बुधबार स्वदेश फर्किएको छ। क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। 

सशस्त्र प्रहरीको ब्याण्डले उनीहरूलाई बाजागाजासहित स्वागत गरेको हो। क्रिकेट टोलीलाई स्वागत गर्न विमानस्थलमा समर्थकहरूको भीड लागेको थियो। 

नेपाली टोलीले एसिया कप अन्तर्गत क्रिकेटका दुई महारथी राष्ट्र पाकिस्तान र भारतसँग खेलेको थियो। 

पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले नेपाली टोली पराजित भएको थियो भने भारतसँगको खेलमा १० विकेटले पराजित हुन पुगेको थियो। 

भारतसँग पराजित भएसँगै नेपाल एसिया कपबाट बाहिरिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .