फोटोफिचर


युरोपियन लिगतिर साम्बा, सिंहदरबारबाट बिदाइ (तस्बिरहरू)


सरोज नेपाल
साउन ३, २०८० बुधबार १४:२३, काठमाडौँ

युरोपियन लिग खेल्न इजरायल जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बालाई नेपालस्थित इजरायली राजदूतावास र युवा तथा खेलकुद मन्त्रालयले बिदाइ गरेका छन्। 

बुधबार संयुक्त रुपमा बधाई दिँदै दूतावास र मन्त्रालयले साम्बालाई बिदाइ गरेका हुन्। 

साम्बालाई बिदाइ गर्दै नेपालस्थित इजरायल दुतावासका राजदूत हनान गोदरले भने, ‘आजको दिन ऐतिहासिक हो। तिमीलाई खेलको शुभकामना! हपोइल रनाना र इजरायलका फुटबल समर्थकले तिमीलाई पर्खिरहेका छन्।’ 

साम्बा इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानामा एक सिजनका लागि अनुबन्ध भएकी हुन्। साम्बा साउन १६ गते इजरायल प्रस्थान गर्ने छिन्। 

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले युरोपियन लिग खेल्ने अवसर पाउनु गौरवको कुरा भएको बताए। उनले यसलाई नेपालका लागि उपलब्धिमुलक क्षण भने।

मालदिभ्सबाट व्यवसायिक खेल जीवन सुरु गरेकी साम्बाले भारतीय लिगमा तीन सिजन बिताइसकेकी छन्।

पछिल्लो सिजन भारतीय आइडब्लु लिगमा गोकुलम केरला एफसीलाई उपाधि दिलाउन महत्वपुर्ण भूमिका खेलेकी साम्बा लिगको सर्वाधिक गोलकर्ता भइन्। साम्बाले लिगमा २९ गोल गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .