ad ad

खेल


खेलकुदबारे बेखबर मन्त्री : पहिलो चरण नछिचोलेको महिला टोलीलाई दिए विश्वकप सफलताको शुभकामना

खेलकुदबारे बेखबर मन्त्री : पहिलो चरण नछिचोलेको महिला टोलीलाई दिए विश्वकप सफलताको शुभकामना

सम्झौता कार्यक्रममा बोल्दै मन्त्री लिम्बु। तस्बिर : सरोज बैजु


नेपालखबर
साउन २, २०८० मंगलबार १४:४५, काठमाडौँ

अखिल नेपाल फुटबल सघंले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको उपाधि जितेर फर्किएको टोलीलाई प्रायोजनको टुंगो गर्न मंगलबार होटल सोल्टीमा एक कार्यक्रम राखेको थियो।

उक्त कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु र एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ पनि सहभागी थिए।

नेपाल सरकारको प्राथमिकतामा अझै पनि खेलकुद पर्न सकेको छैन। खेलक्षेत्रलाई बजेटमा पनि सरकारले हेला गर्दै आएको छ।

झनै खेलकुद मन्त्रालय सम्हाल्न प्राय कोही नेता तयार हुँदैनन्। अहिलेको गठबन्धन सरकारमा खेलकुद मन्त्रालय कांग्रेसको भागमा परेको छ।

कांग्रेसबाट खेलकुदमन्त्रीमा मोरङबाट विजयी सांसद डिगबहादुर लिम्बुले जिम्मेवारी पाएका छन्। तर उनी मन्त्री भएदेखि गुमनाम जस्तै छन्।

उनै गुमनाम मन्त्री नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई युनिलिभर नेपालले प्रायोजन गर्न आयोजित कार्यक्रममा होटल सोल्टीमा झुल्किए।

जहाँ युनिलिभरले महिला टोलीलाई आगामी एक वर्षका लागि एन्फासँग प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ। युनिलिभरले महिला टोलीलाई आगामी एक वर्षका लागि करिव २५ लाख बराबरको प्रायोजन गर्नेछ।

सम्झौता कार्यक्रममा महिला टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बादेखि एन्फा अध्यक्ष नेम्बाङसहितले बोले।

कार्यक्रममा प्रमुख अतिथि बनाइएका लिम्बुलाई पनि बोल्न दिइयो। लिम्बुले बोल्न त बोले तर उनलाई खेलकुद क्षेत्रबारे थोरै पनि ज्ञान नभएको पुष्टि उनैले गरे।

आफ्नो विभागीय मन्त्रालय अन्तर्गतका खेल गतिविधिबारे उनलाई कुनै जानकारी नरहेको विवरण भाषणमै सार्वजनिक गरे। 

उनले आफ्नो सम्बोधनका क्रममा महिला फुटबल टोलीलाई विश्वकप फुटबलमा खेल्न जान लागेको भन्दै शुभकामना दिए। 

खेलकुदबारे कुनै जानकारी नलिई बोलेका उनको उक्त कुराले कार्यक्रमका सहभागीहरुबीच खासखुस चल्यो।

युनिलिभरसँग एन्फाले महिला फुटबल टोलीका लागि गर्न लागेको प्रायोजन सम्झौता कार्यक्रममा आएर उनले विश्वकपमा जान लागेको भन्दै शुभकामना दिएर हाँसोको पात्र बन्न पुगे। 

जबकि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटको पहिलो चरण पनि पार गर्न सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .