फोटोफिचर


सीताको बिदाइ, सर्वसाधारणदेखि नेतासमेत पुगे आर्यघाट (तस्बिरहरू)


सरोज बैजु
असार २७, २०८० बुधबार १७:१४, काठमाडौँ

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा हृदयघातबाट निधन भएको थियो।

मन्त्रिपरिषद्को बुधबारको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो।

६९ वर्षीया उनको पार्थिव शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइएको थियो।

प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिक शरीरमा दागबत्ती दिए। प्रधानमन्त्रीको साथमा उनका छोरीहरु रेणु र गङ्गा दाहालले सीताको पार्थिव शरीरमा दागबत्ती दिए।

सीतालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शवयात्राका साथ पशुपति आर्यघाट पुर्‍याइएको थियो।

पशुपति आर्यघाटमा पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा र माधवकुमार नेपाललगायत शीर्ष नेताहरुको उपस्थिति थियो। 

आर्यघाटमा मन्त्रीगण, सरकारी अधिकारी, नेकपा(माओवादी केन्द्र)का नेता तथा कार्यकर्ता र शुभेच्छुकको बाक्लो संख्यमा उपस्थित थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .