फोटोफिचर


मिटरब्याजीपीडितका कुरा हुँदा संसदका कुर्सी खाली (तस्बिरहरू)


सरोज बैजु
चैत १९, २०७९ आइतबार १५:४८, काठमाडौँ

आइतवार संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा मिटरब्याजीपीडित नागरिकहरुको न्यायका लागि कुरा भइरहँदा सांसदका कुर्सीभने आधाभन्दा धेरै खाली भएका छन्।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुलाई न्याय दिनबाट सरकार पछि नहट्ने प्रतिवद्धता जनाइरहँदा मन्त्री र सांसदहरुको उपस्थिति न्यून थियो।

प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले मिटरब्याजीपीडितलाई कारबाही गर्ने बताए।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले लामो समय संसद बसिरहँदा आराम पनि चाहिने भएकाले खाजा समय छुट्याउनुपर्ने जोड दिइन्। 

तर अहिलेसम्म गणपूरक संख्या पुगिरहेकाले बैठक अघि बढिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .