ad ad

समाज


मेयरको नाममा एसईई दिइरहेका ज्वाइँ परीक्षा हलबाटै पक्राउ

मेयरको नाममा एसईई दिइरहेका ज्वाइँ परीक्षा हलबाटै पक्राउ

ज्वाइँलाई एसईई दिन पठाएका मेयर साह


नेपालखबर
चैत १९, २०७९ आइतबार १५:५९, जनकपुरधाम

रौतहटका एकजना नगरपालिका प्रमुखको नाममा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा जिल्लाको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुका ज्वाइँ गरुडा नगरपालिका–६ पोठियाही बस्ने ३० वर्षीय कमल साह रहेका छन्। 

मेयर कानुको सट्टामा एसईई परीक्षा दिँदै गरेका उनका ज्वाइँसमेत रहेका साहलाई परीक्षा अनुगमन टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको हो।

जिल्ला शिक्षा समन्वय इकाइ रौतहटका प्रमुख रामविनय कुमार सिंहले उनी पक्राउ परेको पुष्टि गरे। 

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा भइरहेको एसईईमा आइतबार दोस्रो दिनको परीक्षामा नियमिततर्फ सिम्बोल नम्बर–३५०३७२८ का विद्यार्थी नगरप्रमुख प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमललाई अनुगमन टोलीले पक्राउ गरेको हो ।

ससुराको सट्टामा परीक्षा दिइरहेका पक्राउ परेका साह पेशाले इन्जिनियर रहेको बताइएको छ। 

परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीमा शंका लागेर चेकजाँच गर्दा साह पक्राउ परेका थिए। 

परीक्षा हलबाट समातिएका साहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .