फोटोफिचर


ब्याजदर वृद्धिविरुद्ध निजीक्षेत्र सडकमा उत्रियो ( तस्बिरहरु)


नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार १४:६, काठमाडौँ

बैंकहरुले व्याजदर बढाएको विरोधमा ठूला व्यवसायी नै सडकमा उत्रिएका छन्। बैंकहरुले कर्जा असुली, लिलाम र ब्याजदरमा अप्रत्यासित वृद्धि गरे उल्लेख गर्दै उनीहरूले माइतीघरमण्डलमा प्रदर्शन गरेका हुन्। 

बैंकहरुले जवरजस्ती आधारदर वृद्धि गरेको व्यवसायीले आरोप लगाएका छन्। बैंकहरुको कारण उद्योगहरुको उत्पादन क्षमता ४० देखी ५० प्रतिशत गर्न कठिन भएको व्यवसायीले बताएका छन्। 

‘कोभिड महामारकिो कारण नराम्ररी प्रभावित निजी क्षेत्रलाई चलायमान बनाउन उदारतासाथ दिएका सुविधा कटौती गरिएको छ,’ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले भन्छन्,‘अहिले बैंक तथा वित्तिय संस्थाबाट सर्वत्र आतंक सिर्जना गरिएको छ। देशभरका साना ठूला सबै व्यवसायी चिन्तित छन्।’

आर्थिक वर्षको सुरुवातसँगै लगानीयोग्य पूँजीको अभाव भन्दै एउटा बैंकको निक्षेप अर्कोले लुट्ने होडबाजी चलेको व्यवसायी बताउँछन्।

व्याजदर वृद्धि भए पनि कुल निक्षेप बढ्न नसकेको व्यवसायीले उल्लेख गरेका छन्। 

‘माग र आपूर्तिका आधारमा व्यादर निर्धारण हुनेभन्दै जबरजस्ती कर्जामा १०० प्रतिशतसम्म ब्याज वृदि गरियो,’ श्रेष्ठ भन्छन्,‘बैंकहरुबाट दिई आएको निःशुल्क सेवा बन्दगरी नगद प्रवाह कम गर्न थालियो।’

काठमाडौं उपत्यकाका ३ जिल्लासहित काभ्रे र सिन्धुपाल्चोकका उद्योग वाणिज्य संघले संयुक्त रुपमा माइतीघरमा आन्दोलन गरिरहेका छन्। 

माइतीघरमा धर्ना दिँदै व्यवसायीले मुख्य ५ बुँदे माग अघि सारेका छन्। व्यवसायीले ब्याजदरमा उद्योगकालागि १ प्रतिशत र व्यापारमा १/२ प्रतिशत मात्र थप गरी लिन पाउनेगरी लगानीयोग्य पूँजीको सिघ्र व्यवस्थापन गर्ने माग गरेका छन्। 

बैंकहरुको खर्च न्यून गरी स्पेडदर ३ प्रतिशत भित्र रही जोखिमका आधारमा आधारदरमा बढीमा २ प्रतिशत मात्र थप प्रिमियल लिन पाइने र बैंकहरुले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी नेगोसिएसन शुल्कमा दोब्बर वृदिलाई अन्तगरी गतवर्षको भन्दा बढी लिन नपाइने माग गरेका छन्। 

हाल भएका कर्जाहरुलाई यस आर्थिक वर्षसम्म पुनःतालिकरण गरि, ब्याज बुझाउने म्याद ३५ दिनसम्मलाई नियमित मान्ने र लिलाम गर्ने प्रक्रिया हाललाई स्थगित गर्न माग गरेका छन्। 

हालको बाह्य तथा आन्तरिक कारणको असहज समय उपयुक्त नभउकाले चालु पूँजी कर्जा निर्देशिका स्थगितको माग राखेका छन्।
 

सबै तस्बिरहरु : विशाल कार्की/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad