आजदेखि संघीय राजधानी काठमाडौंको भृकुटीमण्डपमा नाडा ईभी एक्स्पो भएको छ।
नेपालमै पहिलोपटक विद्युतीय सवारीसाधनहरुको प्रदर्शनी गरिएको हो। एक्स्पोमा दर्शकले विद्युतीय सवारीसाधनहरुको अवलोकन तथा खरिद गर्न पाउने व्यवस्था गरिएको छ।
५१ वटा स्टल रहेको नाडा अटो एक्स्पोमा ९ वटा ४ पांग्रे र १ वटा ३ पांग्रे रहेका छन्। १६ वटा २ पांग्रे सवारीका स्टल रहेका छन्।
गाडी ब्रान्डमा टाटा, हुन्डाई, टेस्ला, नेटा, बीवाईडी, चांगन, ज्यागका चारपांग्रे विद्युतीय गाडीको सहभागिता रहेको छ। अग्नी ग्रुपले ३ पांग्रे टेरो ब्रान्ड सहभागिता हुनेछ।
दुईपांग्रे ब्रान्ड रहेका छन्। जसमा लेभ्निङ, एनआईयू, याडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान, जोय, सेगवे, आईमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्स लगायतका ब्रान्डको उपस्थिति छ।
असोज ६, २०७९, बिहीबार
प्रतिक्रिया