ad ad

फोटोफिचर


निषेधाज्ञा खुकुलो भएपछि यस्तो देखियो काठमाडौंमा चहलपहल (फोटो फिचर)


नेपालखबर
असार ८, २०७८ मंगलबार १२:१५,

काठमाडौं उपत्यकामा आज (असार ८ गते) देखि निषेधाज्ञा खुकुलो पारिएको छ। निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौंका सडक र बजारमा चहलपहल बढेको छ।

आजदेखि गतेअनुसार जोर बिजोर नम्बरका आधारमा निजी सवारीसाधन सञ्चालन खुला गरिएको छ भने विभिन्न पसल पनि बारअनुसार सञ्चालन भएका छन्।

धेरै भीडभाड हुने र जोखिमका व्यवसाय बन्द भए पनि अरू खुला गरिएको हो।

आजदेखि एक हप्ता थप (असार १३ गतेसम्म) निषेधाज्ञा पहिलेभन्दा सहज बनाइएको हो।

उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीले यसअघि नै संयुक्त बैठक बसेर जारी गरेको निषेधाज्ञा आजबाट लागू भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .