ad ad

समाज


थाइल्यान्डमा प्राकृतिक बासस्थान नाश हुँदै गएपछि हात्तीहरु मान्छेको भान्छामा खाना खोज्दै

थाइल्यान्डमा प्राकृतिक बासस्थान नाश हुँदै गएपछि हात्तीहरु मान्छेको भान्छामा खाना खोज्दै

नेपालखबर
असार ८, २०७८ मंगलबार १२:१०,

हालै प्राचुआप किरी खान प्रान्तमा एउटा हात्ती खानाको खोजीमा मान्छेको भान्छासम्मै आइपुगेको छ।

सीएनएनका अनुसार हुवा हिन जिल्लाकी रातचदावन पिउङप्रासोपनको भान्छाको भित्ता फोडेर एउटा हात्तीले खाद्यान्न झिक्ने प्रयास गरेको थियो।

गत शनिबार उनको घर पुगेको हात्तीले किचनको भित्ता फुटाएको हो। रातचदावनले हात्तीले घरमा बनाएको क्षतिको भिडिओ र फोटो खिचेकी छिन्।

सो क्षेत्रमा वर्षेनी दर्जनौं हात्तीहरु खानको खोजीमा आउने गरेको बताइएको छ। पछिल्लो समय भने हात्तीले घर, बालीनालीमै क्षति पुर्याउन थालेको छ।

सन् २०१८ को अध्ययन अनुसार थाइल्यान्डमा जंगली जीवजन्तुको बासस्थानमा सडक, पार्क बनाउन थालिएपछि हात्तीहरु गाउँ पस्न थालेका हुन्।

बढ्दो जंगल फडानी पनि यसको कारण भएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .