ad ad

फोटोफिचर


एसियन च्याम्पियनसिपमा सहभागी हुने महिला खेलाडीले यसरी गर्दैछन् प्रशिक्षण (फोटो फिचर)


नेपालखबर
असार ७, २०७८ सोमबार १४:४५,

फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपका लागि नेपाली महिला टोलीले अभ्यास जारी राखेका छन्।

दशरथ रंगशालास्थित कभर्डहलमा असार १ गतेदेखि प्रशिक्षण सुरु भएको हो।

एसियन च्याम्पियनसिपमा नेपाली महिला टोली पहिलो पटक सहभागि हुन लागेको हो।

एसियन च्याम्पियन सिप प्रतियोगिता नेपाली महिला टोलीका लागि ठूलो अवसर भएको र देशका लागि राम्रो नतिजा दिलाउन प्रयास गर्ने कप्तान अरुणा शाहीले बताइन्।

नेपाल भलिबल संघले प्रशिक्षण हुने स्थल राखेप कभर्डहल सफा र हललाई डिसइन्फेक्सन गर्ने काम, खेलाडी, प्रशिक्षक तथा अफिसियलको पीसीआर परीक्षण गर्ने काम गरेको थियो।

चैत तेस्रो साता आयोजना भएको पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको प्रदर्शनका आधार मुख्य प्रशिक्षक जगदीश भट्ट सदस्य रहेको तीन सदस्यीय छनोट समितिले ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .