ad ad

राजनीति


अदालतको आदेशविरुद्ध भ्याकेटमा जाने ओली पक्षको कदम एकता विरोधी : माधव नेपाल

अदालतको आदेशविरुद्ध भ्याकेटमा जाने ओली पक्षको कदम एकता विरोधी : माधव नेपाल

नेपालखबर
असार ७, २०७८ सोमबार १४:२७,

पूर्वप्रधानमन्त्री माधव नेपालले कर्णाली प्रदेशका संसद्हरुमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने एमाले अध्यक्ष केपी ओली पक्षको निर्णय पार्टी एकता विरोधी भएको बताएका छन्।

'स्थायी कमिटीका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो', नेपालले भनेका छन्, 'जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।'

सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने, एकता विरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्धको कुन रूपमा लागेको छ भन्ने सहजै देखिएको नेपालको भनाइ छ।

असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र संवादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसँग सावधान हुन उनले आग्रह गरेका छन्।
कर्णाली प्रदेशका ४ सांसदलाई पार्टीले कारबाही गरेपछि उनीहरु अदालत गएका थिए। अदालतले उनीहरुलाई पुनर्स्थापना गरेको थियो।

तर नेकपा एमाले अध्यक्ष केपी ओली पक्ष सो आदेशविरुद्ध भ्याकेटमा गएपछि नेता नेपालले त्यस कदमलाई एकता विरोधि बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .