सगरमाथा आरोहणको क्रममा मृत्यु भएका अमेरिकी नागरिक पुवेइ लिउको मृत शरीर काठमाडौं ल्याइएको छ।
सगरमाथा आरोहणको क्रममा मृत्यु भएका अमेरिकी नागरिक पुवेइ लिउको मृत शरीर काठमाडौं ल्याइएको छ। लिउ यस वर्षको बसन्त ऋतुमा ज्यान गुमाउने पहिलो व्यक्ति बनेका थिए।
साउथ कोलको क्याम्पबाट सगरमाथा चुचुरोतर्फ जाने क्रममा लिउ स्नो ब्लाइन्डनेस र थकानका कारण उनको मृत्यु भएको शेर्पाहरुले जनाएका छन्।
आइतवार काठमाडौं ल्याइएको उनको शरीर पोष्टमार्टम पश्चात परिवारलाई हस्तान्तरण गर्ने सेभेन समिट ट्रेकले जनाएको छ। उनको पार्थिव शरीर पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ।
3
Shares
प्रतिक्रिया