फोटोफिचर


यस्तो देखियो उपत्यकामा निषेधाज्ञा कडा पारेको पहिलो दिन (फोटो फिचर)


सुजन श्रेष्ठ
जेठ १४, २०७८ शुक्रबार ५:३१,

काठमाडौं उपत्यकामा आज (शुक्रबार) देखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ। आजदेखि जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो।

कोरोना संक्रमणको जोखिम कम नभएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा एकसाता लम्ब्याउने निर्णय गरेका हुन्। उपत्यकामा वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा छ।

काठमाठौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले आजदेखि थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। आजबाट निषेधाज्ञा थप कडा गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। आजदेखि किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स पनि बन्द गरिएको छ। बिहान–बेलुकाको घुमघाममा समेत रोक लगाइएको स्थानीय प्रशासनले जनाएके छ।

निषेधाज्ञमा अत्यावश्यक खाद्य सामग्री तरकारी, फलफूल, दूध, डेरी, मासु, खानेपानी र ग्यास खरिद, बिक्रीका लागि बिहान ९ बजेसम्म खुला रहने भएको छ। यसअघि बिहान १० बजेसम्म खुला गरिएको थियो।

निषेधाज्ञा अवधिमा सबै प्रकारका भीडभाड हुने गतिविधिमा रोक लगाइएको छ । स्थानीय प्रशासनका अनुसार औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन्। सार्वजनिक एवं निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने छैन। अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्रै सञ्चालन हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad