अबिरल वर्षासँगै सुनकोसी नदीमा आएको बाढीले निर्माणाधिन पुल बगाएको छ।
ओखलढुंगा र सिन्धुली जिल्लालाई जोड्न सिन्धुलीको फिक्कलमा निर्माणाधिन पुल बाढीले बगाएको हो।
ओलखढुंगाको चम्पादेवी गाउँपालिका १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाटलाई जोड्न निर्माण गरिएको पुल बिहीबार आएको बाढीले बगाएको प्रहरीले जनाएको छ।
२ सय १० मिटर लम्बाइको निर्माणाधिन पुलको करिब ४० मिटर भाग बाढीले बगाएको हो। चुँदी कन्ट्रक्सन प्रालि सानेपाले करिब २३ करोड रुपैयाँमा पुल निर्माणको ठेक्का लिएके थियो।
3
Shares
प्रतिक्रिया