नेपाली सेनाले आज (फागुन ३ गते) आफ्नो २६३औँ स्थापना दिवस मनाउँदै छ।
यस उपलक्ष्यमा अहिले काठमाडौँस्थित टुँडिखेलमा महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिएको छ।
कार्यक्रम नेपाली सेनाको परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा भइरहेको हो।
नेपाली सेनाले महाशिवरात्रिको दिनलाई आफ्नो दिवसका रूपमा मनाउने गरेको हो।
त्यस अवसरमा सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाजलगायत सैनिक कला र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिँदै छन्।
जंगीअङ्डामातहत पृतना, बाहिनी, गण र गुल्म तथा कूटनीतिक नियोग र शान्ति मिसनमा पनि विभिन्न कार्यक्रम गरी सेना दिवस मनाइने सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन्।


















57
Shares

प्रतिक्रिया